राजनीति

प्रधानमन्त्री प्रचण्ड र युएनडिपी प्रतिनिधीबीच भेट

प्रधानमन्त्री प्रचण्ड र युएनडिपी प्रतिनिधीबीच भेट

फागुन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि भ्यालेरी जुलियान भेट वार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलताउन्मूख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको अवलम्बन गर्न सरकार तयार रहेको बताए ।

भेटमा प्रधानमन्त्रीले शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा संयुक्त राष्ट्र संघले खेलेको भूमिकाका लागि धन्यवाद दिए । भेटमा जुलियानले नेपालको पूनर्निर्माण र आर्थिक सहयोगका लागि संयुक्त राष्ट्र संघ तयार रहेको जानकारी दिइन ।

PM Vet

विशेष