राजनीति

निर्वाचन सफल बनाउन सबै लाग्नुपर्छ: नेता रायमाझी

फागुन - ५ । नेकपा (माओबादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन् । उनले स्थानीय निकायमा माओवादीले अग्रणी स्थान लिने बताए । नेता रायमाझीले नेपालको बहुसङ्ख्यक विकास निर्माणका काम माओवादीले गरेको औँल्याए। उनले माओवादी पार्टीको अगुवाइमा गरिएका कामका प्रचारप्रसार हुन नसकेको पनि बताए। जिल्ला तहका नेता तथा कार्यकर्तालाई माओवादी पार्टीले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताए । नेकपा (माओवादी केन्द्र) तानसेन नगरपालिकाको प्रथम सम्मेलनको उद्घाटन गर्दै माओवादीले गरेको सकारात्मक कामको व्यापक प्रचारप्रसार गर्न नसक्नु कमजोरी भएको बताए । उनले सीमाङ्कन र नामाङ्कन छिटो टुङ्ग्याएर देशलाई निकास दिनुपर्ने बताए। सम्मेलनमा नेकपा (माओबादी केन्द्र)का पोलिटब्यूरो सदस्य वसन्त घर्तिमगर, वसन्त शर्मा (कुशल)ले स्थानीय निकायको निर्वाचन सफल बनाई जित सुनिश्चित गर्न सबै कार्यकर्ता लाग्नुपर्ने बताए ।

Top bahadur rayamajhi

विशेष