राजनीति

राप्रपाको एकता महाधिवेशन राजधानीमा शुरु

राप्रपाको एकता महाधिवेशन राजधानीमा शुरु

फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपमा हुने महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । देश विदेशबाट प्रतिनिधीहरु आइसकेका छन् । आउन बाँकी रहेका आज दिउँसोसम्म आइपुग्ने राप्रपा नेता राजाराम श्रेष्ठले नेपालआजलाई बताए ।

राप्रपा अधिवेशनमा तीन हजार ३ सय १५ प्रतिनिधि छनोट भएका छन् । पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले आज काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका वेषभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी समारोहस्थलमा आइपुग्नेछन् ।

सो कार्यक्रममा प्रमुख दलका शीर्ष नेता तथा विभिन्न मुलुकका राजनीतिज्ञलाई निम्तो गरिएको छ ।तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण गत मङ्सिर ६ मा भएपछि सो महाधिवेशन गर्न लागिएको छ ।

पार्टीले विधान संशोधनको कार्य पूरा गरिसकेको छ, अध्यक्षको नेतृत्वमा १६१ केन्द्रीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन गरिनेछ । अध्यक्षमा सर्वसहमति भइ सकेको छ । जसमा कमल थापालाई अध्यक्ष बनाउने सर्वसहमति भएको हो । १ सय ६० केन्द्रीय सदस्यका लागि भोलिबाट प्रक्रिया सुरु गरी सोमबार निर्वाचन गरिनेछ ।

Raprapa Adhibeshan

विशेष