राजनीति

कोटेश्वर क्याम्पसमा अनेरास्ववियु सभापतिको उम्मेद्वारमा माधव अधिकारी

कोटेश्वर क्याम्पसमा अनेरास्ववियु सभापतिको उम्मेद्वारमा माधव अधिकारी

फागुन ६ । कोटेश्वर बहुमुखी क्याम्पस महादेव स्थानमा अनेरास्ववियुको पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले नजिकिँदै गरेको स्ववियू चुनावको सभापतिको उम्मेद्वारमा क्याम्पस इकाई अध्यक्ष माधव अधिकारीलाई चुनेको छ ।

बैठकमा अनेरास्ववियूका पुर्व अध्यक्ष शुक्रराज प्याकुरेल र दिनेश घिमिरे उपस्थिती रहेको थियो । क्याम्पस इकाई कमिटीको पुर्ण सर्मथनमा अधिकारीलाई सभापतिको उम्मेद्वारमा चुनिएको हो ।

कोटेश्वर बहुमुखी क्याम्पसमा प्रमुख तिन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत माओवादीको विद्यार्थी संगठनहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अनेरास्ववियु, ने.वी संघ र अखिल क्रान्तिकारी मध्ये अखिल क्रान्तिकारी र अनेरास्ववियुले उम्मेदार सभापतिको उम्मेद्वार छनौट गरिसकेको छ ।

ने.वी संघले आफ्नो उम्मेद्वार छनौट गरिसकेको छैन । सभापति बाहेक अन्य उम्मेदार २ वटै संगठनले चुन्न बाँकी छ ।

केही दलका विद्यार्थी संगठनहरुले विरोध गरेसंगै स्ववीयु चुनाव फागुन १८ मा हुदैछ ।

विशेष