लोहनीको राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

फागुन–६ । शुक्रबार देखि सुरु भएको राप्रपाको महाधिवेशनमा प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । लोहनीले रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै चुनावी चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टी नेता लोकेन्द्र बहादुर चन्द्रको निवासमा बुधबार भएको सहमति अनुसार पार्टी चल्ने नदेखेपछि आफूले उम्मेदवारी दिएको उनले बताए । यसअघिको सहमति पालन गरिनुपर्ने भन्दै उनले उपाध्यक्षर महामन्त्री कम्तिमा दुईजना निर्वाचित हुनुपर्ने र कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने बताए ।
लोहनीले भने, ‘अहिलेको पार्टीको विधान अनुसार कार्यकर्ताहरू कसैको हनुमान भएर बस्नुपर्ने हुन सक्छ, पुरानो सहमति पनि कार्यन्वयन हुनुपर्छ, आधा पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ भन्ने मेरो माग हो, पार्टीको नयाँ विधानमा सबै सदस्य मनोनितको व्यवस्था छ, त्यसैले पनि कमल थापालाई अध्यक्ष बनाउने सहमतिको कुनै अर्थ छैन ।’ उनले थपे, ‘अहिले पार्टी एकता होईन पार्टी विलयजस्तो भएको छ, हामी त्यस्तो हुन दिदैनौँ, हजारौ कार्यकर्ताको उत्साहलाई मर्न दिने छैनौ, यूवाहरूलाई स्थान दिनुपर्छ, प्रजातिन्त्रक रुपमा पार्टीलाई अघि बढाउने र भोलि पार्टी टुटफुटबाट बचाउनलाई पनि मेरो उम्मेदारी हो, महाधिवेशनमा मेरो जित सुनिश्चित छ ।’
यस अघि ५ फागुनमा मात्रै कमल थापाले आफूलाई पार्टीले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गर्ने दाबी गरेका थिए । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत ६ मंसीरमा पार्टीको एकता भएको थियो भने एकताको महाधिवेशन शुक्रबारदेखि राजधानीमा शुरु हुँदैछ ।
उम्मेदवारी
प्रकाशचन्द्र लोहनी
महाधिवेशन
राप्रपा