त्रिवीले सार्वजनिक गर्यो स्ववियु निर्वाचनको नयाँ तालिका

फागुन – ६ । आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को शुक्रबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
फागुन १४ गते तय भएको स्ववियु निर्वाचन पाँच दिन सरेपछि त्रिवीले नयाँ कार्यतालिका बनाएको हो । नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित, २ बजेसम्म मतदाता सूचीउपर दावी विरोध गर्ने पाउनले कार्यतालिका छ
त्यस्तै फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने र १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत वितरण गरिनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ ।
त्यस्तै १५ गते मध्यान्ह १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने र दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १८ गते हुने निर्वाचनको समय सम्बन्धित क्याम्पसले तय गर्न पाउने छन् ।
TU
TU Election
