राजनीति

राष्ट्रपतिलाई आक्रमण गरे १० बर्ष कैद, अपहरण गरे १५ बर्ष

राष्ट्रपतिलाई आक्रमण गरे १० बर्ष कैद, अपहरण गरे १५ बर्ष
फागुन ७ । नेपालका राष्ट्रपति माथि आक्रमण गर्नेलाई १० बर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गर्ने उद्देश्यले तयार पारिएको फौजदारी कसुरसम्बन्धी विधेयकमा संसदको विधायन समितिले राष्ट्रपतिमाथि हुने आक्रमणकारीमाथि बेग्लै सजाय प्रस्ताव गर्दै यस्तो व्यवस्था पारित गरेको हो । अपराधमा संलग्नमाथि हुने सजाय कानुनका नजरमा राष्ट्रप्रमुख र जनताबीच फरक हुनुपर्ने कि नपर्ने भन्ने चर्को विवादपछि अन्ततः राष्ट्रप्रमुखको सम्मानका लागि सजायको दायरा फरक हुनुपर्ने भन्दै यस्तो व्यवस्था पारित भएको हो । राष्ट्रपतिमाथि आक्रमण गर्न नहुने व्यवस्था समेटिए पनि उपराष्ट्रपतिका विषयमा विधेयक मौन छ । राष्ट्रपतिलाई अपहरण गर्ने या बन्धक बनाउनेलाई १० देखि १५ बर्षसम्म कैद सजाय हुने भएको छ । त्यसैगरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिए आक्रमणबाट राष्ट्रपतिको मृत्यु भएमा आक्रमणमा संलग्नलाई जन्मकैदको सजाय हुनेछ । यीन तीनवटै कैद प्रावधान सम्बन्धी व्यवस्थालाई विधायन समितिले पारित गरेको छ । राजधानी

rastapati

विशेष