राजनीति समाज

खेर गएको एउटा युग, पाँच दशकमा नेपालमा घिटिघिटी विकास

खेर गएको एउटा युग, पाँच दशकमा नेपालमा घिटिघिटी विकास
फागुन ७ । दशकैपिच्छेको राजनीतिक उतारचढाका कारण उत्पन्न अस्थिरता तथा राजनीतिक दल अनि नेपालमा आर्थिक विकासको चेत अभावमा २००७ सालको जन्मेको एउटा नेपालीको जीवन राजनीतिक लडाँइ लड्दालड्दै खेर गएको छ । २००७ सालमा नेपालकै स्थितिमा रहेका दक्षिण कोरिया, श्रीलंका जस्ता मुलुक २०७३ सम्म आइपुग्दा विकासित देशको लयमा ताल मिलाएर अगाडि बढिरहेका छन् । तर नेपालमा भने संकुचित आर्थिक स्वतन्त्रताका कारण अझै अल्पविकसित मुलकको श्रेणीमा छ । पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार १ सय चार वर्षे जहानिया राणा शासनको अन्यपछि नेपािलमा प्रजातन्त्र आएकै वर्ष २००७ सालबाट विश्वभर विकासको लहर चलेको हो । तर राणा शासनको अँध्यारो युगबाट प्रचातन्त्रको उज्यालो आएको नेपालीको स्तर विस्ताार नभएका कारण त्यो बेला हामीजस्तै स्थिति भएका धेरै मुलुक भन्दा अहिले नेपाल धेरै पछाडि छ । नागरिक

nepal

विशेष