राष्ट्रपतिमाथि आक्रमण गर्नेलाई १० वर्ष कैद
फागुन–७ । नेपालका राष्ट्रपतिमाथि आक्रमण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गर्ने उद्देश्यले तयार पारिएको फौजदारी कसुरसम्बन्धी विधेयकमा संसद्को विधायन समितिले राष्ट्रपतिमाथि हुने आक्रमणकारीमाथि बेग्लै सजाय प्रस्ताव गर्दै यस्तो व्यवस्था पारित गरेको हो ।
अपराधमा संलग्नमाथि हुने सजाय कानुनका नजरमा राष्ट्रप्रमुख र जनताबीच फरक हुनुपर्ने कि नपर्ने भन्ने चर्को विवादपछि अन्तत : राष्ट्रप्रमुखको सम्मानका लागि सजायको दायरा फरक हुनुपर्ने भन्दै यस्तो व्यवस्था पारित भएको आजको राजधानीमा खबर छ ।
राष्ट्रपतिमाथि आक्रमण गर्न नहुने व्यवस्था समेटिए पनि उपराष्ट्रपतिका विषयमा विधेयक मौन छ ।
आक्रमण
कैद
राष्ट्रपति