राजनीति

निर्वाचनको मिति घोषणा गर्न मोर्चालाई फकाउँदै प्रधानमन्त्री

निर्वाचनको मिति घोषणा गर्न मोर्चालाई फकाउँदै प्रधानमन्त्री
फागुन ७ । सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ । बिहान ११ बजे सुरु भएको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर छलफल चलिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला, गृहमन्त्री बिमलेन्द्र निधि, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका छलफलमा सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Morcha Chalfal

विशेष