विचित्र विश्व

हिटलरले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको फोन लिलामी हुने

हिटलरले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको फोन लिलामी हुने
फागुन – ७ । दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरले प्रयोग गरेको फोन अमेरिकामा लिलामी हुने भएको छ । सन् १९४५ मा हिटलरका बैंकरले दिएको उक्त रातो रंगको फोनमा हिटलरको नाम लेखिएको छ । यसको फोनको सुरुवाती मूल्य लगभग एक करोड रुपैयाँ तोकिएको छ । हिटलरले जर्मनमा आत्मसमर्पण गरेपछि सोवित सैनिकले यो फोन ब्रिटेनी ब्रीगेडियर राल्फ रेनरलाई निशानीको रुपमा दिएका थिए । ब्रीगेडियर राल्फको छोराले उक्त फोन लिलामी गर्ने लागेको बताइन्छ । उक्त फोन २ करोडभन्दा वढीमा लिलामी हुने अनुमान गरिएको छ ।

लिलामी

विशेष