राजनीति

केही दिनमै निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुनेः नेता रावल

केही दिनमै निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुनेः नेता रावल
फागुन ७ । एक, दुई दिन भित्रै निर्वाचनको मिति घोषणा नगरे बिद्यमान सरकारको औचित्य समाप्त हुने नेकपा एमालेका नेता भीम रावलले बताएका छन् । प्रेस चौतारी नेपाल, जाजरकोटद्धारा सनिवार जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले यस्तो बताएका हुन् ।
संविधान कार्यन्वयनको पक्षमा प्रचण्ड सरकार नभएको आरोप लगाउदै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने–“प्रतिपक्ष दलको भुमिकामा रहेको नेकपा एमालेसंग प्रधानमन्त्री प्रचण्डले भेटेर एक, दुई दिन भित्रै चुनावको मिति घोषणा गर्छु भन्ने गरेका छन्, र मधेशी दलका नेताहरुलाई भेटेर मधेशीका मागहरु पुरा नहुदा सम्म चुनावको मिति घोषणा गर्दिन भनेर प्रचण्डले ढाट्ने गरेका छन् ।” सबैलाई ढाट्दै हिड्ने प्रधानमन्त्री प्रचण्ड सरकार चुनावको पक्षमै छैन नेता रावलले भने् । जारी संविधानलाई तत्काल कार्यन्वयन गर्नु पर्ने बताउदै पुर्वगृह, रक्षा तथा उपप्रधानमन्त्री रावलले स्थानिय तहको निर्वाचन गरेर देश र जनताको आर्थिक समृद्धी तर्फ सरकार अगाडी वढ्नु पर्ने वताए । तत्काल चुनाव गरेर लामो समय देखि रिक्त अबस्थामा रहेको स्थानिय निकायमा जनप्रतिनीधिका जनताले माग गरिरहेको नेता रावलले वताए । अहिलेको सरकारले अलिखित प्रराष्ट्र नीतिमा आँच पुग्ने काम गरेको आरोप लगाउदै नेता रावलले भने्–“यो सरकारले संविधान २७४ धारा ४ विपरित संशोधनको प्रस्ताव अगाडी सारेरको छ, यो प्रस्ताव राष्ट्रिय हित विपरित छ, नेकपा एमाले संविधान संशोधनको विपक्षमा रहेर राष्ट्रियताको हितमा मतदान गर्ने छ ।” नेकपा एमालेले यतिवेला देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको बताउदै नेता रावलले अभियानमा लाखौं नेता तथा कार्यकर्ताहरु सहभागि भएको दावी गरे । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान भित्रै जाजरकोट पुगेका नेता रावलले जाजरकोटको विकासमा आफ्नो पनि योगदान रहेको दावी गरे । माधव कुमार नेपाल प्रधानमन्त्री र आफु गृहमन्त्री हुदा जाजरकोटमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना पारेको रावलले तर्क गरे ।
दीपबहादुर घर्ती / जाजरकोट

Bhim Rawal

विशेष