राजनीति

सत्ता साझेदार कांग्रेस माओवादी बैठक बालुवाटारमा जारी

सत्ता साझेदार कांग्रेस माओवादी बैठक बालुवाटारमा जारी

फागुन ८ । स्थानिय निर्वाचनको मिति घोषणाको बिषयलाई लिएर प्रधानमन्त्री पुष्प कमल दाहालले आज नेपाली कांग्रेसका शिर्ष नेताहरुसंग छलफल गरिरहेका छन् ।

अहिलेकै अवस्थामा निर्वाचनको मिति घोषणा गरे आन्दोलन गर्ने मधेसी मोर्चाको चेतावनीपछि प्रधानमन्त्री पुष्प कमल दाहालले त्यसवारे सत्ता साझेदार दल काग्रेससंग छलफल गर्न लागेका हुन् । सत्ता साझेदार दुई दलको बैठक बालुवाटारमा जारी छ । निर्वाचनको मिति घोषणाका बिषयमा साझा धारणा बनाएर सत्तारुढ दुई दलले प्रमुख प्रतिपक्ष एमालेसंग छलफल गर्ने तयारी गरेका छन् ।

निर्वाचनको मिति घोषणा गर्ने बिषयलाई लिएर मोर्चाले कडा आपत्ति जनाएपछि दवावमा परेका प्रधानमन्त्री दाहालले द्धिपक्षीय र त्रिपक्षीय परामर्श गर्न लागेका हुन् । निर्वाचन आयोगले फागुन ८ गतेसम्म चुनावको मिति घोषणा नभए प्राविधिक रुपमा निर्वाचन गराउन नसक्ने जनाउ दिएपछि प्रधानमन्त्री दवावमा परेका छन् ।

Comgress Maobadi

विशेष