राजनीति

राप्रपाको महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु

राप्रपाको महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु
फागुन ८ । राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया सुरु हँदैछ । अध्यक्ष पदका लागि वर्तमान पार्टी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले उम्मेदवारी दिने भएका छन् । यसअघि थापाको नेतृत्वमा सहमती बनेपनि पदाधिकारी मनोनयन र चुनाव चिन्हमा कुरा नमिलेपछि सर्वसम्मतीको सहमती तोड्दैं लोहनीले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । अध्यक्ष पदमा सर्वसम्मति जुटाउनका लागि शीर्ष नेतृत्वबाट प्रयत्न भइरहेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेद्वारी दर्ता बिहान १० बजेपछि सुरु हुनेछ । अध्यक्ष पदमा उम्मेद्वारी दर्ताका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसअघि हिजो बन्दसत्रमा थापाले पेश गरेको राजनितिक कार्यपत्र परिमार्जनसहित पारित भएको थियो । परिमार्जित विधानअनुसार १ सय ६३ केन्द्रीय सदस्यीय समिति बनाइने भएको छ । हिजो पारित भएको विधान अनुसार अध्यक्ष र ९८ जना केन्द्रिय सदस्यका लागि चुनाव हुनेछ । परिमार्जित विधान अनुसार कार्यसमितिमा अध्यक्षसहित २७ जना पदाधिकारी रहनेछन् । जसमा १ एक अध्यक्ष, ५ पाँच उपाध्यक्ष, ४ महामन्त्री, १ कोषाध्यक्ष, १ प्रवक्ता, ५ सहमहामन्त्री, ७ सहायक महामन्त्री, १ सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ ।

Raprapa

विशेष