राजनीति

विक्रम राणा राप्रपाको अध्यक्ष पदमा कमल थापालाई टक्कर दिँदै

विक्रम राणा राप्रपाको अध्यक्ष पदमा कमल थापालाई टक्कर दिँदै

फागुन–८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष कमल थापा र प्रदीप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेद्वारी दिएका हुन् । उनले भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वारीको बारेमा बताएका हुन् । काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रिय अध्यक्ष राणाले उमेद्वार बन्न नदिन धेरै षड्यन्त्र भएपनि आफूले उम्मेद्वारी दिइछाडेको बताए । यस्तै वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपनि अहिलेसम्म उनले उम्मेद्वारी दर्ता गराएका छैनन् । आइतबार उम्मेद्वारीमाथि दाबी,विरोध, उम्मेद्वारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुने र सोमबार मतदान हुने राप्रपाले जनाएको छ । शनिबार पारित भएको राप्रपाको नयाँ विधानमा १ सय ६३ सदस्यीय केन्द्रिय कार्यसमिति रहने, त्यसमा अध्यक्ष र ६० प्रतिशत केन्द्रिय सदस्य प्रत्यक्ष निर्वाचित हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान छ ।

अध्यक्ष पद प्रदीप विक्रम राणा राप्रपा

विशेष