राजनीति समाज

स्थानीय तहको चुनावको मिति घोषणा हुँदै, दश बजेको मन्त्रीपरिषद् बैठकले टुंगो लगाउने

स्थानीय तहको चुनावको मिति घोषणा हुँदै, दश बजेको मन्त्रीपरिषद् बैठकले टुंगो लगाउने
फागुन ९ । मधेसी मोर्चाको विरोधका बीच सरकारले आज स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ । चुनाव वैशाख अन्त्यमा देशभर एकै चरणमा हुने गरी मिति घोषणा गर्न लागेको हो । आज विहान १० बजे बस्ने मन्त्रीपरिषदको बैठकले मिति घोषणा गर्न नेपाल सरकारका एकजना मन्त्रीले नेपालआजलाई बताए । हिजो बसेको सत्तारुढ कांग्रेस र माओवादीको बैठकले आज स्थानीय चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो । त्यस पछि प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका प्रतिनिधसँग छलफल गरेका थिए । त्यस्तै आइतबार साँझ बालुवाटारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनाव घोषणा लगतै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताए । उनले स्थानीय तहको संख्या बढाउने र प्रदेशको सीमांकन हेरफेरका लागि आयोग पनि गठन गर्ने बाचा गरे । बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नभई चुनाव घोषणा नगर्न भनेका छन् । यसो गरे आफूहरु अफ्ठ्यारोमा पर्ने मधेसी मोर्चाका नेताहरुको भनाइ थियो । बालुवाटार जानु अघि बसेको मधेसी मोर्चाको बैठकले पनि संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्नु पर्ने अडान कायमै राख्ने निर्णय गरेको थियो ।

mantri parisad

विशेष