राजनीति

नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई

नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई
फागुन ९ । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई पुनः चयन भएका छन् । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन भएका हुन् । समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा उत्तम चौलागाईं, सहसचिवमा रमिला राई र चिसाङ शेर्पा तथा कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन भएका हुन् । सोमबार बिहान सम्पन्न अधिवेशनबाट केदार मगर, उजुर राई, अमृत गिरी र उजिर कार्की प्रदेश प्रतिनिधिमा छनोट भएका छन् । अधिवेशनले डम्बरसिं राई, सङ्गीता राई, सइन्द्र राई र दिलीप खत्रीलाई केन्द्रीय पार्षदमा छनोट गरेको छ ।

Daman Rai

विशेष