विचित्र विश्व

सरकारले जनतालाई सुत्नकै लागि ३५ करोड खर्चिदैं

सरकारले जनतालाई सुत्नकै लागि ३५ करोड खर्चिदैं
जापानमा सरकारले जनताको निद्राका लागि करोडौँ खर्च गर्दैछ । जापानमा मानिसहरु यति धेरै काम गर्छन् की उनीहरुसँग पर्याप्त निद्रा सुत्ने समय पनि हुँदैन । जापानीहरुको यहीँ पौरखले गर्दा जापान अहिलेपनि दुनियाको तेश्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको छ । तर काममा अत्यधिक लम्पट हुने जापानीहरुको बानीका कारण पछिल्लो वर्षहरुमा जापानी जनताको स्वास्थ्य निकै नै बिग्रिरहेको जापान सरकारले सार्वजनिक गरेको डेथ फर ओभरवर्क नामक श्वेतपत्रमा उल्लेख छ । सरकारले जारी गरेको श्वेतपत्र अनुसार जापानी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई आराम गर्नका लागि निकै कम समय दिने गरेका छन् । कामदारको आरामका लागि पर्याप्त समय दिने कम्पनीहरु केवल २ प्रतिशत मात्र पाइएका छन् । यो समस्यालाई दृष्टिगत गर्दै जापान सरकारले आउँदो आर्थिक वर्षका लागि ३५ करोड रुपैयाँ बराबरको रकम छुट्टाएको छ । यो रकमबाट साना तथा मध्यमस्तरका कम्पनीहरुलाई कामदारको न्यूनतम आराम समय अपनाउने कार्यक्रमलाई बढावा दिनका लागि खर्च गरिनेछ । यो कार्यक्रम अनुसार सरकारले हरेक कम्पनीलाई ५ लाख जापानी येन आर्थिक सहायता गर्नेछ । सरकारको यो सहयोगबाट कम्पनीहरुले कर्मचारीहरुको नियम, तालीम तथा सफ्टवेयर अपडेट गर्न सक्नेछन् । यसबाट कम्पनीहरुको खर्च कम हुनेछ र कर्मचारीहरुलाई पर्याप्त आराम गर्ने समय पनि प्राप्त हुनेछ ।

Sleeping

विशेष