राजनीति

मन्त्रिपरिद्को बैठक सकियो, निर्वाचनको मिति तोक्न आजै फेरि अर्को बैठक बस्ने

मन्त्रिपरिद्को बैठक सकियो, निर्वाचनको मिति तोक्न आजै फेरि अर्को बैठक बस्ने
फागुन ९ । मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई तराईका जिल्लामा स्थानीय तहको संख्या मिलाएर प्रतिवेदन बुझाउनसात दिनको समय दिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए । यस्तै आजको बैठकले भोलि बस्ने संसद बैठकमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए । आजै २ बजे फेरि मन्त्रिपरिषद्को बैठक बस्नेछ । सो बैठकले विभिन्न देशका लागि राजदूत नियुक्ति गर्नेछ । साँझ ६ बजे बस्ने बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने मन्त्री पाण्डेले जानकारी दिए ।

mantri parisad

विशेष