विचित्र विश्व

हिटलरले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको टेलीफोन २ लाख ५० हजार डलरमा लिलामी

हिटलरले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको टेलीफोन २ लाख ५० हजार डलरमा लिलामी
फागुन - ९ । जर्मन नेता एडोल्फ हिटलरको टेलीफोन लिलामी भएको छ । अमेरिकामा भएको लिलामीमा उक्त टेलीफोनलाई एक अन्जान व्यक्तिले २ लाख ५० हजार डलर तिरेका हुन् । टेलीफोन खरिद गर्ने व्यक्तको नाम गोप्य राखिएको बिबिसीले जनाएको छ । लिलाम गर्ने मेरिल्याण्ड राज्यले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो विध्वंसक हतियार भएको बताएको छ । रातो रंगको उक्त टेलीफानेमा हिटलरको नाम र स्वस्तिक चिन्हको छाप छ । सन् २०४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि जर्मनको राजधानी बर्लिनको एक बंकरमा उक्त टेलीफोन भेटिएको थियो । हिटलरले जर्मनीमा आत्मसर्मपण गरे पश्चात सोभियत सैनिकले यो टेलीफान ब्रिटेनी ब्रिगेडियर राल्फ रेनरलाई निसानीको रुपमा दिएका थिए । अक्सन हाउसका अधिकारी बिल प्यानागोपुलसले समाचार एजेन्सीलाई बताएअनुसार यो फोन जनसंहारको हतियार हो । युद्धका बेला हिटलरले यसै फोनबाट आदेश दिएका थिए जसका कारण धेरै मानिसहरुको जना गएको थियो ।

लिलामी

विशेष