राजनीति

अध्यक्षमा कमल थापा बहुमतले निर्वाचित, भाेलि केन्द्रीय सदस्यको मतदान

अध्यक्षमा कमल थापा बहुमतले निर्वाचित, भाेलि केन्द्रीय सदस्यको मतदान
फागुन – ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । राणाले २५१ मत पाए भने थापाले २ हजार ८०४ मत पाएका छन् । राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ ।
केन्द्रीय सदस्यको मतदान भोलि राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भने मतदान हुन बाँकी छ । केन्द्रिय सदस्यको मतदान भोलि विहान ७ बजेबाट सुरु हुनेछ । ९८ केन्द्रीय सदस्यका लागि साढे ३ सय बढीको उम्मेदवारी परेको छ । महाधिवेशन फागुन ६ गतेबाट सुरु भएको थियो ।

विशेष