राजनीति

निर्वाचनको मिति घोषणाको प्रमुख प्रतिपक्षी दल एमालेद्वारा स्वागत

निर्वाचनको मिति घोषणाको प्रमुख प्रतिपक्षी दल एमालेद्वारा स्वागत
फागुन १० । एमाले स्थायी कमिटीको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणाको स्वागत गरेको छ ।   एमाले मुख्यालय धुम्बाराहीमा बसेको बैठकले स्थानीय तह पुनःसंरचना आयोगको सिफारिसलाई आधार मानेर त्यसै अनुसार निर्वाचन गरिनु पर्ने भन्दै त्यसमा संशोधन नगर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकले संविधान संशोधन विधेयक पनि अघि नबढाउन सरकारलाई आग्रह गरेको छ । “स्थानीय तहको पुनर्संचना आयोगको सिफारिसलाई संशोधन गर्ने, संविधान संशोधन विधेयक अघि बढाउनेजस्ता कार्यले निर्वाचनका लागि बन्दै गरेको वातावरण बिग्रन सक्छ,” भट्टराईले भने, “स्थानीय तह निर्वाचन सम्पन्न भइसकेपछि मात्रै सबै दलको सहमतिमा त्यसबारे छलफल गर्ने र हालका लागि सबै निर्वाचनमै केन्द्रित हुने निर्णय भएको छ ।”

UML Baithak

विशेष