मेची– महाकाली अभियानः राष्ट्रिय एकता र समृद्धिमा सहयोग पुग्ने विश्वास

फागुन - १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको मंगलबार उद्घाटन गर्दै उनले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपु-याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गरे ।
हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 'अभियानमा तय गरिएका नारा वडा, वडा र गाउँ गाउँमा गुञ्जिनुपर्छ, प्रत्येक कार्यकर्ता एक पटक अभियानमा कार्यकर्ता सहभागी हुनुपर्छ'–अध्यक्ष ओलीले भन्नुभयो, 'अभियानमा पार्टीले वर्तमान परिस्थितिका बारेमा र गर्न खोजेका कामका बारेमा समेत बुझाउने छ ।'
अध्यक्ष ओलीको सोमबार स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको बताए । अभियानअन्तर्गत ठाउँ-ठाउँमा पदयात्रा र आमसभा पनि हुनेछ ।
केपी शर्मा ओली
मेची– महाकाली अभियान