भिडियो राजनीति

दूनियाँका अगाडि प्रचण्डको हातको टीका थापेकी रेखा लाजै नमानी भन्छिन्, ‘म कहिल्यै माओवादी थिइनँ’(भिडियोसहित)

दूनियाँका अगाडि प्रचण्डको हातको टीका थापेकी रेखा लाजै नमानी भन्छिन्, ‘म कहिल्यै माओवादी थिइनँ’(भिडियोसहित)


राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा कलाकारहरुको दौडधौप रोचक देखिन्छ ।

केही समय पहिले राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापा, गायिका कोमल वलीलगायतका कलाकार केन्द्रीय सदस्यका उम्मेदवार छन् । नायिकाहरुका अघिपछि राम्रै भीड देखिन्छ । नेकपा माओवादी केन्द्र परित्याग गरि राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापा महाधिवेशनको आकर्षण बनेकी छिन् । महिलातर्फबाट केन्द्रीय सदस्यकी उम्मेदवार रहेकी थापा मतदातासँग गफमा मस्त देखिन्छिन् ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा नेपाल आजसँग कुरा गर्दै नायिका थापाले राप्रपा आफ्नो पहिलो र अन्तिम पार्टी भएको बताइन् । उनले माओवादीको आफूले कहिल्यै सदस्यता नलिएको दाबी गरिन् । माओवादीप्रति आकर्षणले मात्र लागेको तर राजनीतिकरुपमा आफ्नो पहिलो र अन्तिम पार्टी राप्रपा नै भएको उनको भनाइ छ । माओवादीले २०६६ सालमा गरेको छ दिने आम हडतालमा माओवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काइ–मर्काइ नाँचेपछि थापा राजनीतिक वृत्तमा चर्चित भएकी थिइन् । ‘प्रचण्ड र कमल थापा मध्ये को राम्रो ?’ नेपाल आजको प्रश्नमा नायिका थापाले भनिन्, ‘कमल थापालाई सबैले मन पराउँछन् । प्रचण्डजीले पनि मन पराउँनुहुन्छ । सबै जनताले मन पराउछन् ।’ अर्थात नायिका थापाका लागि कमल थापा नै ‘द बेष्ट !’


राप्रपाले देश र जनतालाई जोड्ने मुद्दा लिएको नायिका थापाको भनाइ छ ।

उनले आफूलाई संघीयता मन नपरेको प्रष्ट गरिन् । उनले पार्टीको सबै तह र तप्कासँग चिनापर्ची गर्न र तलैबाट मजबुत भएर नेतृत्वमा पुग्नका लागि उम्मेदवारी दिएको जनाइन् । माओवादीले यसअघि संविधानसभाको निर्वाचनमा आफूलाई टिकट दिएकोमा कृतज्ञता व्यक्त गरेकी थापाले देशका लागि आवश्यक पार्टी भने राप्रपा भएको टिप्पणी गरिन् ।

माओवादीले थापालाई दोस्रो संविधानसभामा पर्साबाट उम्मेद्वारसमेत बनाउने निर्णय गरेको थियो । मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनी चुनावी प्रतिस्प्रर्धा गर्नबाट बञ्चित भएकी थिइन् । महाधिवेशनकै सन्दर्भमा नेपाल आजसँग कुरा गर्दै केन्द्रीय सदस्यका प्रत्याशी सुनिलबहादुर थापाले एकता महाधिवेशन ऐतिहासिक हुने बताए ।

kamal thapa nai best rekha thapa

विशेष