राजनीति

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न नेता नेपालकाे माग

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न नेता नेपालकाे माग
फागुन - १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन् । “स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ,” नेता नेपालले भने । व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग आज कुरा गर्दै नेपालले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको र अब निर्वाचनको उचित वातावरण बनाउन लाग्न सबैलाई आग्रह गरे । “निर्वाचन घोषणा भइसक्यो, अब निर्वाचनलाई कुनै दलले बार्गेनिङ (लेनदेन) को विषय बनाउनु हुन्न, निर्वाचनमा भाग लिई आफ्नौ हैसियत नाप्नुपर्छ” – उनले भने ।

madhav kumar nepal

विशेष