राजनीति

निर्वाचनको मितिमा शङ्का नगर्नुहोस्ः मन्त्री महरा

निर्वाचनको मितिमा शङ्का नगर्नुहोस्ः मन्त्री महरा
फागुन - १० । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले तोकेको निर्वाचनको मितिमा शङ्का नगर्न आग्रह गरे। केन्द्रीय अनुगमन टोलीले आज भैरहवामा आयोजना गरेको लुम्बिनी अञ्चलस्तरीय कार्यक्रममा उपप्रधानमन्त्री महराले सरकारले निर्वाचन आयोगदेखि सरोकारबालसँग छलफल गरेर स्थानीय निकायको निर्वाचनको मिति तोकेकाले निर्वाचनप्रति शङ्का नगर्न आग्रह गरे। लामो समयपछि स्थानीय निकायको निर्वाचन हुन लागेको भन्दै उनले कुनै पनि बहानामा निर्वाचन नसर्ने दाबी गर्दै कुनै द्वीविधा नराखी तयारी थाल्न जिल्लास्थित प्रमुखलाई निर्देशन दिए। केन्द्रीय अनुगमन समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव टकङ्मणि शर्माले अहिले पनि विकास निर्माणमा परम्परागत तरिका नै रहेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिए। कार्यक्रममा लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक, स्थानीय विकास अधिकारी, सडक डिभिजन तथा सिँचाइ कार्यालयका प्रमुखहरुले आफ्नो कार्यालयको प्रगतिबारे जानकारी गराएका थिए ।

कृष्णबहादुर महरा

विशेष