राजनीति

निर्वाचन मिति घोषणा हुनु स्वागतयोग्य: नेता खनाल

निर्वाचन मिति घोषणा हुनु स्वागतयोग्य: नेता खनाल
फागुन १० । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन मितिको स्वागत गरेका छन्। इलामको साँखेजुङस्थित बञ्चरे गोलाइमा जापानी राजदूतावासको सहयोगमा स्तरोन्नति गरिएको सडकको आज उद्घाटन गर्दै संविधान कार्यान्वयनका लागि सरकारले घोषणा गरेको निर्वाचन मिति स्वागतयोग्य रहेको बताए। उनले भने, 'तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्छ,’ अब मुलुक निर्वाचनतर्फ उन्मुख भएकाले स्थानीय निकायको निर्वाचन सफल पार्न सबैले सहयोग गर्नुपर्छ।' वैशाख ३१ गते निर्वाचन सम्पन्न गरेर आगामी माघ महिनामा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै उनले त्यसका लागि एमाले कटिबद्ध भएर अघि बढ्ने बताए। जापानी राजदूतावासको करिब एक करोडको लगानीमा बञ्चरे गोलाइबाट दुई किलोमिटर सडकको स्तरोन्नति भएको हो ।

झलनाथ खनाल

विशेष