राजनीति

राजदूत ‘रे’ को बिदाइमा चन्दालाई भयो भ्याइनभ्याइ

राजदूत ‘रे’ को बिदाइमा चन्दालाई भयो भ्याइनभ्याइ

फागुन ११ । एक दिनमै तीन पटक क्याबिनेट बैठक त्यो पनि सासू र सम्धिलाई राजदूत बनाउन । सत्ताधारी दलले अस्ति सोमबार राजदूत नियुक्तिमा जगहँसाई गरिरहँदा सरकारसँग टेढिएको मधेसी दललाई भने भारतीय राजदूत रञ्जित रेको बिदाई भब्य बनाउन भ्याइ नभ्याई छ । एक दिनको फरकमा दुईवटा पार्टीले एउटै होटलमा उहि समय पारेर रेको बिदाई तथा सम्मान गर्ने भएका छन् ।

यसपटक राजदूत रेको सम्मानमा राजेन्द्र महतोलाई चन्दा चौधरीले उछिनेकी छन् । मधेसी नेताले प्रायः जसो आफ्नो कार्यक्रम डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा गर्दै आएकोमा यसपटक भने उनीहरुको रोजाई जमलस्थित दिलविकास राजभण्डारीको लगानी रहेको एल्लो प्यागोडा होटल परेको छ । हिजमो मात्र रेको सम्मान तथा बिदाई कार्यक्रमको संयोजन महन्थ ठाकुरको पार्टीकी प्रभावशाली चन्दा चौधरीले सम्पन्न गरेकी छन् भने त्यसको एक दिनपछि सोही होटल, उही समय महताको पाटीृले सम्मान तथा बिदाई कार्यक्रम राखेको छ । –जनआस्था साप्ताहिकबाट

विशेष