चुनावविरुद्धको आन्दोलनको खाका भारतले पठाएपछि मात्रै मोर्चा अगाडि बढ्ने
फागुन ११ । स्थानीय निकायको मिति घोषणा भएको अवस्थामा मधेसी मोर्चाले अब चाल्ने भूमिका के हुन्छ ? बुझ्न दिल्लीबाट उपेन्द्र यादव नफर्कुञ्जेलसम्म पर्खुनुपर्ने भएको छ । भावी आन्दोलन कसरी सशक्त बनाउने भन्ने विषयमा मंगलबार दिउँसो एक बजेदेखि तीन बजेसम्म चलेको मोर्चाको बैठक बिना निष्कर्ष टुंगिएको छ । बुहारीको स्वास्थ्योपचारको नाममा स्थानीय निकायको निर्वाचन घोषणा हुनु अघिल्लो दिन यादव दिल्ली उड्का थिए । बैठकमा सदभावना अध्यक्ष राजेन्द्र महतोसमेत उपस्थित भएनन् । उनी विवाहमा जानु छ भन्दै तर्किएको बताइन्छ । –जनआस्था साप्ताहिकबाट