एमाले लखट्छौं भन्ने लम्पटहरु जहाँबाट आएका हुन् त्यही पुर्याइदिन्छौं
फागुन ११ ।
मधेसमा त ब्यान्डबाजा बजाएर एमालेलाई लखटिदिने रे नि त ?
– लखेट्छ, अंग्रेजका गुलामहरु । त्यो ब्यान्डबाजा त अंग्रेजको देशमा उत्पति भएको हो । पूर्वीय सभ्यता र दर्शनहरुमा त सहनाई बाजा छ । हाम्रो पुर्खाहरुले निर्माण गरेको सहनाई बाजा, शास्त्रीय संगीत गाउँदै त्यस्ता लम्पटहरुलाई जहाँबाट आएको छ, त्यही पुग्ने गरी मधेसबाट लखट्छौं । किनकि, मधेसकै धर्तीमा कम्युनिस्ट पार्टीको जन्म भएको हो । त्यत्रा, किसान आन्दोलन भयो । ठीक हो आन्दोलन यहि मधेसमा चलाइएकै हो । त्यसकारण, यी लम्पटहरु कसको बुई चढेर यस्तो भनिरहेका छन् ?
सिके राउतले त मधेसमा समस्या पारिरहका छन् नी ?
–आज यहाँका कतिपय विज्ञ भन्नेहरु सिके राउतलाई प्रोत्साहन गरिरहेका छन् । मानवअधिकार रक्षक भन्नेहरुले बचाउ गरिरहेका छन् । म भन्न चाहन्छु कि देश टुक्र्याउन चाहने व्यक्तिको जोकोही खुलमखुल्ला घोषणा गरेर जान्छ त्यसको मानवअधिकार हुन्छ ?
हिमाल पहाडसँग नजोडी मधेसको सीमांकन गरिनु उपयुक्त हो त ?
– कदापी होइन । मैल त आफ्नो पार्टीको संसदीय दलमै दश यदि संघीयतामा जाने हो भने प्रदेश उत्तर दक्षिण हुनु पर्छ, त्यो भन्दा खेरि प्रचण्डको नेतृत्वमा सबै मधेसी मोर्चाका नेता ३१ दलको गठबन्धन गरेको थियो । उनीहरुले मलाई जिल्ला प्रवेशमा रोक लगाए । मेरो पार्टी अफिसमा आगो लगाएर ध्वस्त पारिदिए । यो सामाजिक फासीवाद वा लोकतन्त्र के हो ?
तराईमा त अब निर्वाचन घोषणापछि आगो बल्छ भनिरहेका छन् नी ?
–यो मधेसी मोर्चाले यदि आगो बाल्छ भने मधेसकै जनताले हिसाब माग्छन् । अहिलेसम्म कतिजना मान्छे मारेको छ ? कनि संविधान निर्माण नगगरीकन दशगजामा गएर धाक लगाएर नेपालको सास नै थुन्ने काम गर्यो ? ९० प्रतिशत बढीले संविधान घोषणा गरिसकेर जुन हातले संविधान जलायो, त्यही हातले दसौं दिनमा गएर किन सुशील कोइरालालाई भोट हाल्यो ? जतिबेल मधेसका ५२ जना गरिबका छोराछोरीलाई यिनीहरुले मारिकसकेको थिए, यो हिसाब जनताले किन नखोज्ने ? यी फटाहाहरुले जाऊ आन्दोलनमा मर, भोलि हाम्रो सरकार आउँछ, हामी तिम्रो परिवारलाई ५० लाख रुपैयाँ दिन्छौ भनेका थिए । यस्तो वाहियात घोषणा गर्नेहरु अहिले फेरि आगो बाल्छु भन्ने ? अब मधेसी जनता उनीहरुजत्तिकै मुर्ख छैनन् ।
–बुधबार साप्ताहिकमा प्रकाशित एमाले नेता सत्यनारयाण मण्डलको अन्तर्वार्ताबाट