राजनीति

राप्रपाको केन्द्रीय सदस्यमा कोमल वली र रेखा थापा

राप्रपाको केन्द्रीय सदस्यमा कोमल वली र रेखा थापा
फागुन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । बुधबार बिहान भएको मत गणनामा नायिका रेखा थापा, गायिका कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित भएका छन् । त्यसैगरी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम गर्तौलालगायत नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने बताइएको छ ।

Komal Oli rekha thapa

विशेष