राजनीति

प्याब्सनको अध्यक्षमा सम्बाहाम्फे

प्याब्सनको अध्यक्षमा सम्बाहाम्फे
फागुन ११ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । १३ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी टिकाराम पुरीलाई पराजित गर्दै सम्बाहाम्फे निर्वाचित भएका हुन् । सम्बाहाम्फेले ८७१ मत पाए भने पुरीले ७५१ मत पाए । कोषाध्यक्षमा टंक भट्टराई, सचिवमा मधु लोहनी निर्वाचित भए भने वरिष्ठ उपाध्यक्ष डीके ढुंगाना, महासचिव राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । महाधिवेशनले एक अध्यक्षसहित एक वरिष्ठ उपाध्यक्ष, १४ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, चार सचिव, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्षसहित ६८ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

Bijaya Sambahamfe

विशेष