विचित्र विश्व

एक्लै बिबाह गर्ने एक युवतीको योजना, हनिमुन पनि एक्लै जाने

एक्लै बिबाह गर्ने एक युवतीको योजना, हनिमुन पनि एक्लै जाने

 बिवाह गर्न दुई जना व्यक्ति अनिवार्य चाहिन्छ, होइन ? तर एक महिलाले जोडीबिनै बिहे गरेर यो मान्यतालाई ठाडो चुनौति दिन खोज्दै छिन् ।

बेलायतको साउथ योर्कसायरमा बस्ने ३९ वषिर्या लिन्ने गोल्लोग्ली ‘मिस्टर राइट’ को प्रतिक्षा गर्दागर्दा वाक्क भइन् । अब दाम्पत्य सम्वन्धप्रति उनको भरोसा टुटिसकेको छ । तर विवाहको इच्छा अझै मरेको छैन । त्यसैले उनले उपाय निकालिन् आफैंसँग विवाह गर्ने ।

लिन्नेले आउँदो अप्रिलमा वैवाहिक समारोहको तयारी गरेकी छिन् । परम्परागत वैवाहिक पहिरनमा आफ्ना साथीभाई र आफन्तका बीच आफैंसँग बिहे गरेपछि हनिमुनका लागि रोम जाने उनको योजना छ ।

तरुनी छँदा लिन्नेको एक पटक र्इंगेजमेन्ट भएको थियो । तर त्यो विवाहमा परिणत हुन सकेन । त्यसयता उनले कुनै पुरुषसँग सम्वन्ध राखेकी छैनन् । आफैंसँग बिहे गर्ने लिन्नेको योजनामा उनकी आमा फ्लोले पनि साथ दिएकी छिन् ।

बिबाहका दिन आमाले उनलाई र्डोयाएर समारोहस्थलमा लैजानेछिन् । लिन्नेको विवाहले कानूनी मान्यता नपाउने भए पनि यो यसलाई सामाजिकरुपमा स्वीकृत र अविस्मरणीय बनाउन हरेक प्रयासमा जुटेकी छिन् । बिबाहपछि रिसेप्सन, पार्टी, डिस्को र वफेटको कार्यक्रम छ ।

‘मेरा साथीभाई र आफन्तहरुलाई मैले कसरी विवाह गर्दैछु भनेर जानकारी दिइसकेकी छु, त्यसैले समारोहमा उपस्थित कसैले पनि आश्चर्य मान्ने छैनन् ।’

Marridge

विशेष