राजनीति

प्रधानमन्त्री प्रचण्ड, युनेस्कोका डाइरेक्टर जनरलका उम्मेदवारबीच भेट

प्रधानमन्त्री प्रचण्ड, युनेस्कोका डाइरेक्टर जनरलका उम्मेदवारबीच भेट

फागुन ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले आफ्नो पक्षमा मतदान गर्न डा. कवारीले प्रधानमन्त्रीसँग आग्रह गरे ।

कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने बताउनु भयो ।

भेटमा प्रधानमन्त्रीले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने बताए । कवारीले हिजै राष्ट्रपति बिद्या भण्डारीलाई पनि भेट गरेका थिए ।

PM Vet

विशेष