राजनीति

मोर्चाको बन्दले तराईको जनजीवन प्रभावित, दुई आन्दोलनकारी घाइते

मोर्चाको बन्दले तराईको जनजीवन प्रभावित, दुई आन्दोलनकारी घाइते
फागुन ११ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको विरोधमा मधेसी मोर्चाले आज तराई क्षेत्रमा बन्द आह्वान गरेको छ । सरकारले मधेसका मागलाई बेवास्ता गरेको भन्दै मोर्चाले आह्वान गरेको बन्दले मध्य तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । बन्द आह्वानकर्ता र प्रहरीबीच ठाउँ ठाउँमा झडप समेत भएको छ । जनकपुरको ब्रह्मपुरमा प्रहरीसँगको झडपमा दुई जना आन्दोलनकारी गम्भीर घाइते भएकाछन् । झडपमा स्थानीय कुलदीप शाह र राजु शाह गम्भीर घाइते भएका हुन् । उनीहरुको जनकपुर अस्पतालमा उपचार भइरहेको छ । बन्दका कारण जनकपुरमा स्थानीय बजार, कलकारखाना, सरकारी कार्यालय र यातायातका सम्पुर्ण साधन ठप्प छन् । यस्तै, बन्दले सप्तरीमा पनि जनजीवन प्रभावित बनेको छ । आन्दोलानकारीहरुले त्यस क्षेत्रमा बिहानैदेखि प्रदर्शन गरेका छन् ।

विशेष