राजनीति

देउवामाथि कटाक्ष गर्दै शेखर कोइरालाले भने, ‘आशा लामा कहिलेदेखि कांग्रेसकी भइन् सभापति ज्यू ?’

देउवामाथि कटाक्ष गर्दै शेखर कोइरालाले भने, ‘आशा लामा कहिलेदेखि कांग्रेसकी भइन् सभापति ज्यू ?’

फागुन ११ । म्यानपावरवाली आशा लामालाई राजदूत बनाउन नेपाली कांग्रेसले सिफारिस गरेको घटनामा डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन् ।

[caption id="attachment_57400" align="alignleft" width="300"] अाशा लामा[/caption]

बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले वैदेशिक रोजगारी व्यवसायी संघको निर्वाचनमा एमालेको कोटाबाट चुनाव जितेकी यि व्यक्ति कहिले कांग्रेस भइन् भन्दै प्रश्न उठाएका छन् । उनले म्यान पावर सञ्चालन गरेर बसेको व्यक्तिलाई राजदूत जस्तो मर्यादित पद दिँदा त्यसले नेपाली कांग्रेसको साख समाप्त हुने उनले दाबी गरेका छन् ।

हालको राजदूत सिफारिस समावदेशी पनि नभएकोले यस्तो सिफारिसलाई संसदीय समितिले गम्भीरतापूर्वक लिनु पर्ने नेता कोइरालाले धारणा राखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस कोटाबाट आशा लामालाई राजदूत बनाउन मन्त्रिपरिषदबाट निर्णय गराएका थिए ।

विशेष