राजनीति

जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन ओलीकाे निर्देशन

जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन ओलीकाे निर्देशन
फागुन - ११ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवेग र उत्तेजनामा होइन, जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए । नयाँ बानेश्वरस्थित व्यवस्थापिका(संसद् भवनमा बसेको संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा उनले आगामी वैशाख ३१ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनलाई बाधा नहोस् भन्ने ढङ्गबाट होसियारीपूर्वक प्रस्तुत हुन निर्देशन दिए । अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैर सवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताउँदै एमाले सहितका नौ दलको निर्णयपछि मात्र संसद्मा कसरी प्रस्तुत हुनेभन्ने निक्र्यौल हुनेबारे जानकारी गराएको सांसद रेवतीरमण भण्डारीले जानकारी दिए । उनले भने, ‘चुनाव जुनसुकै हालतमा पनि वैशाख ३१ मै हुनुपर्छ, गराउनुपर्छ, सरकारसँग हाम्रो अरु कुनै माग र अडान छैन, एक मात्र माग भनेको निर्वाचन मात्रै हो, यसमा हामी सरकारलाई बिनाशर्त सहयोग गर्छौ, सहयोग भूमिका निर्वाह गर्ने छौँ ।’ बैठकले दलले अघि सारेका मेची-महाकाली अभियानलाई अत्यन्तै सफलतापूवर्कक सम्पन्न गर्न सबै पार्टी पङक्तिलाई त्यसै अनुरुपको भूमिका र जिम्मेवारी बहन गर्न निर्देशन दिने निर्णयसमेत भएको बताइएको छ ।

KP Sharma Oli

विशेष