राजनीति

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप, एमाले नेता गौतम घेराउमा

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप, एमाले नेता गौतम घेराउमा
फागुन - ११ । आन्दोलनरत मधेसी मोर्चाका र नेकपा (एमाले)का कार्यकर्ताबीच धनुषको जनकपुरमा झडप भएको छ । मधेसी मोर्चाको बन्दका बेला जनकपुरमा आइपुगेका एमाले वरिष्ठ नेता वामदेव गौतम बसेको घर घेराउन गर्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताबीच छडप भएको हो । मंगलबार पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई राखिएको एमाले नेता रघुवीर महासेठको घर घराउ गर्न मोर्चाका नेता तथा कार्यकर्ता पुगेका थिए। त्यसपछि दुबै तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ । झडपमा मोर्चाका दुईजना कार्यकता घाइते भएका छन् भने एमालेका केही कार्यकर्ता घाइते भएका छन् । बुधबार बिहान मोर्चाका नेता तथा कार्यकर्ता शान्तिपूर्ण रुपमा नगरक्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने सहभागी हुँदा एमाले कार्यकर्ताले अवरोध गरेपछि झडप भएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहको भनाई छ । जनकपुरको ब्रह्मपुरीस्थित महासेठको घर अगाडिबाट र्याली अगाडि बढ्दै गर्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि मोर्चाका कार्यकर्ता आक्रोशित भएको अध्यक्ष सञ्जय सिंहले बताए । झडपको क्रममा मोर्चाका राजु साह र कुलदीप साहको खुट्टा भाँचिएको छ । प्रहरीको व्यापक उपस्थितिपछि झडपलाई नियन्त्रणमा लिइएको छ । स्थानीय तहको निर्वाचनको विरोद्धमा मोर्चाले आयोजना गरेको मधेस बन्दको प्रभावले पहिलो दिन बजार पूर्णरुपमा ठप्प छ । कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् ।

bamdev gautam

विशेष