राजनीति

स्ववियु निर्वाचन प्रक्रिया सुरु

स्ववियु निर्वाचन प्रक्रिया सुरु
फागुन–११ । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु भएको छ । निर्वाचन कार्य तालिकानुसार बुधबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए । उप्रेतीका अनुसार निर्वाचनका लागि बुधबार देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गरेका छन् । प्रक्रियाअनुसार नै निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले बुधबारसम्म क्याम्पस निर्वाचन समितिमा सङ्गठन दर्ता गराउने अन्तिम समय तोकिएको छ । निर्वाचन प्रक्रिया अनुसार १२ फागुनमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा १८ फागुनमा मतदान हुनेछ । त्रिविमा यसपटक आठ वर्षपछि स्ववियु निर्वाचन हुन थालेको हो । रासस    

त्रिभुवन विश्वविद्यालय प्रक्रिया स्ववियु निर्वाचन

विशेष