विचित्र विश्व

लग्जरी कारभन्दा महंगो राँगो, मूल्य थाहा पाएर चकित पर्नुहुन्छ ! (भिडियाेसहित)

लग्जरी कारभन्दा महंगो राँगो, मूल्य थाहा पाएर चकित पर्नुहुन्छ ! (भिडियाेसहित)
फागुन – ११ । के तपाईँलाई लग्जरी कार मर्सडिसभन्दा पनि महंगो राँगो हुन्छ भन्ने थाहा छ ? थाहा छैन भने चिन्ता नलिनुहोस्, भारतको कुरुक्षेत्रस्थित हरियाणामा यस्तो एउटा राँगो छ जसको मूल्य लग्जरी कारभन्दा पनि महंगो छ । युवराज नाम राखिएको उक्त राँगो भारतकै सबैभन्दा महंगो हो । कर्नालको एउटा सोमा यसको मूल्य लगभग ९ करोड भारु तोकिएको थियो ।

युवराजका मालिक करनवीरले युवराजलाई आफ्नो ज्यानभन्दा धेरै माया गर्छन् । ‘मैले यसलाई मेरा बालबच्चा जसरी पालनपोषण गरेको छु,’ उनी अगाडि थप्छन्, ‘यसलाई मेरा बालबच्चाभन्दा वढी माया गर्छु र यसलाई बिक्रि गर्ने कुरा सोच्न पनि सक्दिन ।’ युवराज ९ फिट लामो र ५ फिट ९ इन्च उचाइ छ । युवराजको उमेर ८ वर्ष र एसको तौल १५ सय किलो अर्थात ह्याज ब्याग कार वा आफ्नै ब्रिडको तीनवटा अन्य साँढे जति । यसको सुक्रकिटलाई प्रयोग गरेर ५ सय डोजसम्म बनाइन्छ । यसको एक डोज ३ सय भारुमा बिक्रि हुन्छ । पछिल्लो ४ वर्षमा युवराजले डेढ लाख स्वस्थ पाढापाढी जन्माइसकेका छन् । करनवीरका अनुसार युवराजका कारण धेरै व्यक्तिको व्यवसाय फस्टाएको छ । युवराजको सुक्रकिटबाट जन्मेका भैँसीले पनि १८ देखि २० लिटरसम्म दूध दिने गर्दछन् । यसका बच्चालाई किसानहरु २ लाख ५० हजारसम्म तिरर किन्न तयार हुन्छन् युवराजले एकदिनमा खानामा २० लिटर दूध, १० १२ किलो फलफूल र चाराखाना खान्छ । त्यस्तै, करनवीरले यसलाई दिनमा २ ३ पटक नुहाइदिने र तोरीको तेलले मालिस गराइदिने पनि गर्छन् । [nepalaja_video type="youtube" id="hF4T8N1H8mk" height="700 pxl "]

महंगो राँगो

विशेष