राजनीति

आयोगले सार्वजनिक गर्यो निर्वाचनको कार्यतालिका (तालिकासहित)

आयोगले सार्वजनिक गर्यो निर्वाचनको कार्यतालिका (तालिकासहित)
फागुन–११ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको कार्यतालिका बुधबार आयोगले सार्वजनिक गरेको हो । आयोगको कार्यक्रमअनुसार वैशाख १६ गते उम्मेदवारी दर्ता गरिसक्नु पर्ने छ । यस्तै १७ गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयनपत्र परीक्षण गर्ने कार्यक्रम छ । आयोगले सार्वजनिक गरेको तालिका अनुसार १८ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । यस्तै वैशाख १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिनेछ भने ३१ गते मतदान हुनेछ । मनोनयन दर्तालगायतका काम गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा रहने निर्वाचन अधिकृतको कार्यालयमा गर्न सकिने छ ।

निर्वाचन आयोग निर्वाचन कार्यतालिका

विशेष