राजनीति

गुट उपगुटको अन्त्य गरी निर्वाचनमा लाग्न डा कोइरालाको निर्देशन

गुट उपगुटको अन्त्य गरी निर्वाचनमा लाग्न डा कोइरालाको निर्देशन
फागुन - ११ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसभित्रको गुट उपगुटको अन्त्य गरी स्थानीय तहको निर्वाचनमा लाग्नका लागि कार्यकर्तालाई निर्देशन दिएका छन्। काँग्रेस चितवन क्षेत्र नं ४ ले आज पश्चिम चितवनको गीतानगरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले स्थानीय तहको निर्वाचन जनताको माग भएकाले यसलाई कसैले टार्न नसक्ने बताए। “निर्वाचन मिति घोषणा भएसँगै मधेसी मोर्चाले आन्दोलनको घोषणा गर्नु दुःखद् हो, सबै समस्या वार्ताका माध्यमबाट हल गर्नुपर्छ ”, उनले भने। कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान कार्यान्वयन गर्न निर्वाचनमा सबै एक भएर लाग्नुको विकल्प नरहेको बताए। काँग्रेस चितवन क्षेत्र नं ४ का क्षेत्रीय सभापति सरिता केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेस चितवन क्षेत्र नं ४ का सचिव गोपाल दराईले आर्थिक प्रतिवेदन र क्षेत्रीय सदस्य अमृत बानियाँले कार्ययोजना प्रस्तुत गरेका थिए।

Shashank Koirala शशाङ्क कोइराला

विशेष