राजनीति

निर्वाचन आयोगले बाबुराम भट्टराईको नयाँ शक्ति सहित ३० दललाई आयव्याय नबुझाएको स्पष्टिकरण सोध्यो

निर्वाचन आयोगले बाबुराम भट्टराईको नयाँ शक्ति सहित ३० दललाई आयव्याय नबुझाएको स्पष्टिकरण सोध्यो
फागुन १२ । निर्वाचन आयोगले वार्षिक आयव्याय नबुझाउने र बुझाएपनि तोकिएको मिति भित्र नबुझाउने ३० वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । स्पष्टिकरण सोधिएका दलमा सरकार समर्थित र संसदमा प्रतिनिधित्व गर्ने समेत छन् । ढिलो गरि विवरण वुझाएका बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी सहित १२ दल र अहिले सम्म विवरण नवुझाएका १८ राजनीतिक दललाई आयोगले स्पष्टीकरण सोधेको हो । सरकारलाई सर्मथन गरेको संघीय समाजबादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहट, लगायत दलले समेत आय व्यायको विवरण ढिलागरि वुझाएका छन् । आयोगले जारी गरेको सार्वजनिक सुचनामा भनिएको छ, “निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आय व्यायको विवरणको वार्षिक प्रतिवेदन आयोग समक्ष पेश गर्नुपर्ने व्यवस्था भएकामा निर्धारित मिति सकिएपछि मात्रै वार्षिक विवरण पेश गर्ने तथा हाल सम्म पनि वार्षिक विवरण पेश नगर्ने देहायका राजनीतिक दलहरुलाई राजनीतिक दलसम्वन्धी ऐन अनुसार १ सय रुपैयाँ जरिवाना किन नगर्ने ? आयोगले जरिवाना गर्नुनपर्ने कुनै आधार वा कुनै कारण भए आगामी ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत ती निर्देशन दिएको छ ।

Nirbachan ayog

विशेष