राजनीति

चुनावको मिति घोषणा फिर्ता लिन बाबुराम भट्टराई र उपेन्द्र यादवको माग (विज्ञप्तीसहित)

चुनावको मिति घोषणा फिर्ता लिन बाबुराम भट्टराई र उपेन्द्र यादवको माग (विज्ञप्तीसहित)

फागुन १२ । चुनावको घोषणा गरेको तेस्रो दिन नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालले चुनावको मिति घोषणा फिर्ता लिन माग गरेका छन् ।

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय समावादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती जारी गरेर चुनावको मिति फिर्ता लिन माग गरेका हुन् ।

भट्टराई र यादवले जारी गरेको संयुक्त विज्ञप्तीमा राजनीतिक दलहरुको भागबन्डा र सत्ता स्वार्थमा घोषणा गरिएको स्थानीय तहको चुनावको मिति घोषणा फिर्ता हुनुपर्ने उल्लेख छ । विज्ञप्तीमा चुनावबाहेक अरु ५ वटा माग पनि राखिएको छ ।

भट्टराई र यादवबीच बुधवार राती छलफल भएको थियो । यादव हिजो मात्र दिल्ली भ्रमणबाट फर्केका थिए । नयाँ शक्तिले हिजो मात्र विज्ञप्ती जारी गरेर चुनावका आधार तयार गर्न माग गरेको थियो ।

Bbauram

विशेष