राजनीति

संसद खुलाउन सभामुख घर्तीको पहल

संसद खुलाउन सभामुख घर्तीको पहल

फागुन १२ । संसद सुचारु गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

सभामुख घर्तीको पहलमा जारी छलफलमा झण्डै एक महिनादेखि बस्न नसकेको व्यवस्थापिका संसदको बैठक सुचारु गर्ने विषयमा कुराकानी भइरहेको सभामुख ओनसरी घर्तीका स्वकिय सचिव बबिन शर्माले नेपाल आजलाई जानकारी दिए । संसद् आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

संविधान संशोधन विधेयकलाई कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा दलहरूबीच सहमति नजुटेपछि बुधबारको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी ९ दल संशोधन विधेयकलाई यथास्थितिमा अघि बढाउन नदिने अडानमा छन् ।

विशेष