राप्रपाले गरेको फोहोर विवेकशिल नेपालीले सफा गर्यो, रेखा भन्छिन्–‘हामीलाई खबर नै गरेनन् ’
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता पछिको महाधिवेशन ५ दिनपछि हिजो बुधबार सकियो । महाधिवेशनले पार्टी अध्यक्ष कमल थापासहित ९८ जना केन्द्रिय सदस्य चयन गर्यो । ५ दिन चलेको महाधिवेशनले गर्दा भृकुटी मण्डप आसपासको क्षेत्रमा फोहोर भयो ।
प्रचार सामाग्री र पानीको बोतलले फोहोर भएको क्षेत्र राप्रपा नेपालले सफा गरेन । उक्त फोहोर विवेकशिल नेपालीले सफा गरेको छ । उक्त क्षेत्रको फोहोर सफा गर्दै विवेकशिल नेपालीले फोटोहरु आफ्नो ट्वीटरमा पोस्ट गरेको छ । विवेकशिल नेपालीको ट्वीटरमा लेखिएको छ–‘हाम्रो साथीहरु अहिले भृकुटिमण्डप पार्कमा सरसफाई गर्दै हुनुहुन्छ । राष्ट्र सम्बृद्ध बनाउने हो भने त्यहाँको भूमि सफा राख्न सिकौं ।
राप्रपा नेपालमा केन्द्रिय सदस्य रेखा थापाले फोहोरको बिषयमा नेपालआजसंग कुरा गर्दै भनिन्–‘ हामी सफा गर्ने तरखरमा थियौ । उनीहरुले हामीभन्दा अगाडी सफा गरेछन् । हामीलाई सफा गर्नुस भन्न सक्थे, हाम्रो खुट्टा तान्नको लागि उनीहरु आफैले सफा गरे ।’
विवेकशिल नेपाली दलका केन्द्रिय सदस्य मिलन पाण्डेको अनुसार विवेकशिल नेपाली दलको सोसल सर्भिस क्लबले आज बिहिबार बिहान सफा गरेको हो । ‘भृकुटी मण्डप बाहिरको फोहोर हिजो नै महानगरले सफा गरेपनि भित्र फोहोर थियो । त्यो फोहोर आजसम्म सफा नगरेपछि हामीले सफा ग¥यौ ।’उनले भने –‘ पर्चा पम्प्लेटको १० झोलाजति फोहोर जम्मा गरेर सफा गर्यौ ।’
त्यसैगरि विवेकशिल नेपाली दलको केन्द्रिय सदस्य रन्जु दर्शना भन्छिन्–‘ अरुले बाटो बिराए, हामी आफुसही बाटो हिड्दैछौ र अरुलाई पनि सही बाटो हिड्न प्रेरित गर्दैछौ । हामीले गर्नुपर्ने भनेको यस्तै काम हो ।’
-सागर बुढाथाेकी
Bibeksil Nepali
Raprapa
rekha thapa