राजनीति

संयुक्त विज्ञप्तिप्रति नयाँ शक्तिका केन्द्रीय सदस्य नै असन्तुष्ट, तत्काल विज्ञप्ति फिर्ता लिन माग

संयुक्त विज्ञप्तिप्रति नयाँ शक्तिका केन्द्रीय सदस्य नै असन्तुष्ट, तत्काल विज्ञप्ति फिर्ता लिन माग
फागुन - १२ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिप्रति नयाँ शक्ति पार्टीकै केन्दीय परिषद् सदस्य असन्तुष्ट बनेका छन् । पार्टी संयोजक डा बाबुराम भट्टराईले आफू खुसी निर्णय गरेको भन्दै सदस्य असन्तुष्ट बनेका हुन् । व्यवस्थाकि–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्नु पर्नेलगायत छ बुँदे मागसहित बुधबार बिहान फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका थिए । संयुक्त विज्ञप्ति जारी भएलगत्तै केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराई, मोहन बम, देब लिम्बूलगायत नौ सदस्यको हस्ताक्षरसहितको संयुक्त विज्ञप्ति जारी गर्दै सयोजक भट्टराईको ध्यानकर्षण गराएका छन् । पाटी नै चुनाव विरोधी देखाउने गरी जारी विज्ञप्तिप्रति सदस्यको गम्भीर ध्यानाकर्षण भएको केन्दीय परिषद् सदस्य निर्मल भट्टराईले बताए । १९ वर्षपछि संविधान बमोजिम स्थानीय निकायको निर्वाचन हुन लागेको र कार्यतालिका पनि सर्वाजनिक भइसकेकोले संविधान संसोधन अथवा अरु कुनै विषयले सरोकार नराख्ने उनीहरुले जारी गरेका विज्ञप्तिमा जनाइएको छ । ‘केन्द्रीय परिषद् सदस्यहसँग छलफल नै नगरी संयोजक डा. भट्टराईजीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्नु भए छ, त्यसमा हाम्रो विरोध छ,’ सदस्य भट्टराईले भने, ‘१९ वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ, यो सविधानले दिएको कुरा हो, त्यसको विरोधमा विज्ञप्ति निकालनु उचित होइन् ।’ नयाँ शक्ति कुनै क्षेत्र वा समुदायको एजेण्डा मात्र बोकेर हिँड्ने पार्टी नभएकाले संयोजक भट्टराईलाई एकल निर्णयबाट जारी गरिएको विज्ञप्ति तत्काल फिर्ता लिन सदस्यले आह्वन गरेका छन् । उनीहरुले पार्टीको केन्द्रीय परिषद्को बैठकबाटै स्थानीय तहको निर्वाचसम्बन्धी संस्थागत निर्णय गरेर अघि बढ्नसमेत संयोजक भट्टराईलाई अपिल गरेका छन् । स्थानिय निर्वाचन जनताको माग र आवश्यकता भएकोले उनले सयोजकलाई उक्त विज्ञप्ति फिर्ता लिन अनुरोध गरेको बताए । उनले भने, 'स्थानिय तहमा भ्रष्टचार तथा अमर्यादिद कार्य बढेकाले पनि चुनावकाे अावश्यकता छ ।'  तर, सयोजक भट्टराईले भने परिषद् सदस्यले जारी गरेकाे विज्ञप्तिप्रर्ति कुनै प्रतिक्रिया दिएका छैनन् ।

Dr. Baburam Bhattari Nirmal Battarai

विशेष