राजनीति

क्रान्तिकारीको सांस्कृतिक कार्यक्रममा उम्मेदार घोषणादेखि पुस्तक विमोचनसम्म

क्रान्तिकारीको सांस्कृतिक कार्यक्रममा उम्मेदार घोषणादेखि पुस्तक विमोचनसम्म

फागुन १२– कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले सांस्कृतिक कार्यक्रम सहित स्ववीयू उम्मेद्वारहरुकाे नाम सार्वजनिक गरेको छ । कोटेश्वर महादेवस्थान मन्दिर परिसरमा बिहिबार भएको कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेल उपस्थित थिए । अखिल क्रान्तिकारीले स्ववीयू सभापतीको लागि नवराज कार्कीलाई यसअघि नै चयन गरेको थियो । बिहीबार घोषणा गरेको उम्मेद्वारमा सचिव सञ्जय राई, कोषाअध्यक्ष, डिल्लन श्रेष्ठ र सदस्यहरुमा ब्रज सिंह लामा, अच्युत बुढाथोकी,विवेक सुवेदी, बद्री धिताल र निशा न्यौपाने रहेका छन् । संगठनले गरेको सास्कृतिक कार्यक्रममा कार्यक्रम गायक बाबु बोगटी उपस्थित थिए । उनले सान्नानी र तुलसी आगनमा रौपौला भन्ने गित गाए । उनले गित गाएर विद्यार्थीहरु नाचेका थिए । त्यसैगरि कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै शिक्षामन्त्री पौडेलले विद्यार्थी हकहितको लागि स्ववीयू आवश्यक रहेको बताएका थिए । कार्यक्रममा अखिल क्रान्तिक्रारीको केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने उपस्थित थिए । कार्यक्रममा बोल्दै उनले कोटेश्वर क्याम्पसमा यसपाली क्रान्तिकारीले नया ईतिहास रच्ने दाबी गरे । कार्यक्रममा पूर्व कृषी मन्त्री तथा माओबादी नेता हरिबोल गजुरेल उपस्थित थिए । त्यसैगरी कार्यक्रममा बज्र सिं लामाले लेखेको मुक्तक संग्रह ब्रज बिमोचन भएको छ । लामा क्रान्तिकारीको स्ववीयू सदस्य हुन् । कोटेश्वर क्याम्पसमा ४ वटा विद्यार्थी संगठन प्रतिस्पर्धामा छन् । नया शक्तीले संगठन दर्ता गरेपछि चुनाव प्रतिस्पर्धामा ४ वटा दल समावेश भएको हो । विभिन्न कार्यक्रमहरु गर्दै ४ वटै संगठनले आफु चुनाव जित्ने दावी गरेका छन् । उक्त कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा विद्यार्थी संगठनको प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

कोटेश्वर बहुमुखी क्याम्पस क्रान्तिकारी सांस्कृतिक कार्यक्रम

विशेष