राजनीति

निर्वाचन आचारसंहिता रोकेर सरुवा बढुवा धमाधम

निर्वाचन आचारसंहिता रोकेर सरुवा बढुवा धमाधम

फागुन –१३ । मिति घोषणा गरेको चार दिनसम्म पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता जारी गरेको छैन । यही मौका पारेर सरकारी निकायमा नयाँ नियुक्तिर सरुवा क्रम तीव्र पारिएको छ ।

सामान्यतः निर्वाचन घोषणा भएकै दिन वा निर्वाचन मितिको १ सय २० दिनभन्दा अघि निर्वाचन आचारसंहिता जारी गर्नु पर्ने हो । १ सय २० दिन भन्दा बढी समय हुँदासमेत निर्वाचन घोषणा भएको भोलिपल्टै आचारसंहिता जारी गर्ने आयोगले निर्वाचन आउँन ८० दिन मात्रै बाँकी हुँदा पनि आचारसंहिता जारी गरेको छैन । आयोगले आचारसंहिता जारी नगर्दाको फाइदा सत्तारुढ दल, मन्त्रीहरुले लिइरहेका छन् । –नागरिक दैनिकबाट

विशेष