राजनीति

शिक्षाका व्यापारीलाई सांसद बनाएपछि यस्तै हुन्छ, गीता राणा संसदमै निजी स्कुलको काम गर्छिन्

शिक्षाका व्यापारीलाई सांसद बनाएपछि यस्तै हुन्छ, गीता राणा संसदमै निजी स्कुलको काम गर्छिन्

फागुन–१३ । १८ दिनको अवरोधपछि सोमबार सुचारु भएको संसद बैठकमा संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने नलैजाने विषयमा गम्भीर छलपल भइरहेको थियो ।

सत्तापक्ष र विपक्षका सांसद चर्चाचर्की बहसमा थिए । तर, त्यो बहसप्रति ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालकसमेत रहेकी सांसद गीता राणालाई कुनै चासो थिएन । एक घण्टा बैठक बसुन्जेल उनले एक पटक पनि टाउको उठाएर रोष्ट्रम तिर हेरिनन् । संविधानमाथिको संशोधन के हुन्छ भनेर उनले चासै दिइनन् । आप्नो स्कुलको आगामी शैक्षिक सत्रको कार्यक्रम भने संसद वैठकमै टुंगो लगाएर हिँडिन् । –नयाँ पत्रिकाबाट

विशेष